Sunday, November 1, 2009

आर्थिक सहयोगको माग गर्दै जिल्ला विकास समिति कार्यलयमा डेलिगेसन

आर्थिक सहयोगको माग गर्दै खोटाङको तावा खोला लघुलज विद्युत उपभोक्ता समिति खिदिमा जिल्ला विकास समिति कार्यलयमा डेलिगेसन गएका छन् ।
विद्युत आयोजना पुरा गर्नकालागि आवश्यक दश लाख रुपैंयाँको माग गर्दै डेलिगेसन गएका हुन् ।
कूल ५९ लाख ३२ हजार आठ सय ७७ को लागतमा पुरा हुने आयोजनाकालागि बैकल्पीक उर्जा प्रबद्र्धन केन्द्र ईसापले २३ लाख दुई हजार र खिदिमा गाविसको दश लाख ६१ हजार र चन्दा संकलन १७ लाखगरी झण्डै ४० लाखमात्र जम्मा भएको उपभोक्ता समितिले जनाएको छ । योजना पूरा गर्न अझै आर्थिक अभाव रहेको विद्युत उपभोक्ताले जनाएको छ ।
१५ किलोवाट क्षमता भएको विद्युत आयोजना पुरा भएपछि खिदिमाका ५ वडाका नागरिक लाभान्वीत हुने बताइएको छ । उनीहरुले जिल्लाका राजनितिक दलहरुलाई समेत बोधार्थ बुझाएको छ । राजनितीक दलका प्रतिनिधिहरुले आफ्नोतर्फवाट सक्दो सहयोग गर्ने वजन दिनु भयो ।

Saturday, October 31, 2009

डुवेर बेपत्ता वनेका वालक फेला

दमन राई/खोटाङ
कार्तिक-१४/खोटाङको बराहपोखरीमा डुवेर बेपत्ता भएका साउनेचौर-१ का १३ वर्षीय बालक उत्तम खत्री दुई दिनपछि मृत भेटिएका छन् ।
गत कात्र्तिक ११ गते रातको दश बजे पोखरीमा डुबेर बेपत्ता बनेको खत्रीको शव आज विहान आफै उत्रेको प्रहरीचौकी बराहपोखरीका प्रहरी सहायक निरिक्षक रामबहादुर राईले जानकारी दिनु भयो ।
हरिवोधनी एकादशसीको अवशरमा लागेको मेलामा आएका दर्शनार्थीले उडाएका परेवा पक्रनेक्रममा खत्री डुबेर बेपत्ता भएका थिए ।

मातेर लड्दा युवाको मृत्यु

दमन राई/खोटाङ
कार्तिक-१४/मादक पदार्थले मातेका खोटाङको छितापोखरी-८ गोगनेका गौरव राईको लडेर ज्यान गएको छ ।
अधिक रक्सी पिएका २४ वर्षीय राईको हिजो वेलुका सदरमुकाम दिक्तेल नजिकैको हाटडाँडामा लडेर ज्यान गएको हो ।
विएड दोश्रँे वर्षको परिक्षा दिन आएका राई दिक्तेल वाजरबाट कोठातर्फ जाने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय खोटाङले जनाएको छ ।
राईसंगै हिडेका दिक्तेल-१ का ह्िर बुढाथोकी छितापोखरीका अटल राईलाई अनुसन्धानकालागिे प्रहरीले नियन्त्रणमा लिएको छ ।

माओवादी मातृका यादव समुहद्धारा पुर्वका छ जिल्लाका गुठी र घरजग्गा कब्जा गर्ने घोषणा

दमन राई/खोटाङ
कार्तिक-१४/नेकपा माओवादी मातृका यादव समुहले पुर्वका छ जिल्लाका गुठी र घरजग्गा कब्जा गर्ने घोषणा गरेको छ । माओवादीको खोटाङ भोजपुर ओखलढु¨ा सोलुखुम्बु सङ्खुवासभा र उदयपुरको संयुक्त जिल्ला बैठकले यस्तो घोषणा गरेको हो ।

माओवादीले विज्ञाप्तीमार्फत यी छ जिल्लामा रहेका राजगुठी परिवार गुठी निजी गुठी विवादित जग्गा जमिन र निजी प्रयोजनमा प्रयोग भइरहेको सार्वजनिक स्थललाई कब्जा गर्ने घोषणा गरेको हो । यस्तै नयाँ आन्दोलन र संघर्षका कार्यक्रम घोषणास्वरुप भ्रष्टचारी घुसखोरी र फटाहाको जग्गा कब्जा गर्ने घोषणा गरेको छ ।
संयुक्त जिल्ला समितिका संयोजक बाङदी र सचिव विनम्रले हस्ताक्षर गर्नु भएको विज्ञाप्तीमा भनिएको छ-लालपुर्जा भएको जग्गालाई बाँझो राख्न नपाईने र जसको जोत उसको पोत हुने लागु हुने छ ।
यस्तो जग्गा कब्जा गर्नुअघि जनताको राय लिइने नेकपा माओवादीका केन्द्रीय तदर्थ समिति सदस्य रत्नकुमार राई दर्शनले बताउनु भयो । यस विषयमा आज टेलिफोन सम्पर्कमा कुराकानी गर्दै सदस्य दर्शनले कब्जा र साचालन कसरी गर्ने भन्ने छानविन जनताकै सल्लाहा अुनशार हुने बताउनु भयो ।

घर खर्च जुटाउन कटुस टिप्न जंगलतिर

दमन राई/खोटाङ
कात्तिक १४/विभिन्न पेशा व्यावसाय गरेर घर खर्च चलाउने जिल्लाका नागरिकहरु अहिले कटुस टिप्नमा व्यस्त छन् । प्रसस्त कटुस पाईने जिल्लाको लेक क्षेत्रमा त्यस भेगका नागरिकहरु अहिले घरको अन्य काम छोडेर यो काममा लागेका हुन् ।
जंगलबाट टिपेर ल्याएको कटुस मानाको वीस रुपैयाँमा विक्री हुने गरेपछि आम्दानीको राम्रै श्रोत बन्ने भएकाले उनीहरु लाम लागेर कुटस टिप्न जाने गरेका छन् । उनीहरुले ल्याएको कटुस जिल्लाको स्थानीय बजारहरुमै विक्री हुने गरेका छन् ।
त्यसोत कटुस बेचेर आउने आम्दानीले जिल्लाका विद्यार्थीहरुलाई समेत अल्मल्याएका छन् । लेक क्षेत्रका विद्यार्थीहरु अभिभावक र शिक्षकको आखा छलेर विहान दश वजेदेखि दिउसो चार वजेसम्म विद्यालयको साटो जंगलमा हुने गरेका छन् ।
किताव कापी बोकेर विद्यालय जाने समयमा विद्यार्थीहरु लामवद्ध भएर जंगलतिर जाने गरेका छन् । खाजाको रुपमा प्रयोग गर्न विकि्र गरी पढाई खर्च जुटाउन र व्यक्तिगत खर्च जुटाउन भन्दै जंगल जाने गरेको डँडाखर्क माविका विद्यार्थी रमिला खड्काले बताउनु भयो । घरबाट अविभावकहरुले छोराछोरीहरुलाई घरको काम समेत गर्न नलगाई विद्यालय पठाउँछन् तर उनिहरु विद्यालयमा हाजिर गरेर जंगल तर्फ जाने गर्छन् ।
यता शिक्षकहरुलाई यसबारे थाहा भएपनि केही वास्ता नै नगर्ने विद्यार्थी रमेश खड्काले बताए । यस कार्यले उनीहरुको पढाईमा समेत प्रभाव पर्ने गरेका छन् ।

विद्युतीय पुस्ताकालय शुरु

दमन राई/खोटाङ
कात्तिक १३/खोटाङको दक्षिणी क्षेत्रस्थित सिम्पानी क्याम्पसमा जिल्लामा पहिलो पटक विद्युतीय पुस्तकालय इ-लाईब्रेरी शुरु भएको छ ।

शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको हेल्प नेपालले विद्यार्थीहरुमा कम्प्युटरको ज्ञान बढाउँदै शैक्षिक विकासका लागि विद्युतीय पुस्ताकालय शुरु गरिदिएको हो । जिल्लामा पहिलो पटक स्थापना भएको विद्युतीय पुस्ताकालयको शुक्रवार उद्घाटन भएको छ ।

पुस्तकालय स्थापनापछि क्याम्पस जिल्लाको पहिलो विद्युतीय पुस्ताकालयसहितको नमुना क्याम्पस भएको छ । 'एक जिल्ला एक पुस्तकालय' भन्ने नाराका साथ देशका १३ स्थानमा यस्तो पुस्ताकालय स्थापना गरिसकेको टेलीकम्यूनीकेशनका ईिाजनियर सुपील उदासले बताउनु भयो ।

हेल्प नेपालले क्याम्पसलाई ११ थान कम्प्युटर पनि दिएको छ । संस्थाले अति विकट पछि पारिएका जिल्लाहरुका विद्यालय स्वास्थ्य कार्यालयको भवन बनाईदिदै आएको हेल्प नेपालका नितेश पाण्डेले बताउनु भयो ।

विद्यार्थीहरुलाई औपचारीक शिक्षासंगै कम्प्युटरको ज्ञान दिनका लागि ई-लाईब्रेररीको स्थापना गरिएको हो । यस पुस्तकालयमा कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई सहयोग पुग्ने खालको शैक्षिक समाग्री समेटिएको हेल्प नेपालका कैलाश बुढाथोकीले बताउनु भयो ।

पुस्तकालयले शिक्षक विद्यार्थी र समुदायमा प्रभाव पर्ने बताईएको छ । यसको परिचालन गर्दै दिगो बनाउन सके समग्र देशलाईनै फाईदा हुने सर्वसाधारणहरुले बताएका छन् ।

Thursday, October 29, 2009

पोखरीमा डुबेको बालक अझै बेपत्ता

खोटाङको बराहपोखरीमा डुवेर साउनेचौर-१ का १३ वर्षीय बालक उत्तम खत्री बेपत्ता भएका छन् ।
हरिवोधनी एकादशसीको अवशरमा लागेको मेलामा आएका दर्शनार्थीले उडाएका परेवा पक्रनेक्रममा पोखरीमा डुबेर खत्री बेपत्ता भएको हो ।
हिजो रातको दश बजे डुबेर बेपत्ता बनेको खत्रीलाई अहिलेसम्म पोखरीबाट निकाल्न नसकिएको प्रहरीचौकी बराहपोखरीका प्रहरी सहायक निरिक्षक रामबहादुर राईले बताउनु भयो ।