Saturday, October 31, 2009

विद्युतीय पुस्ताकालय शुरु

दमन राई/खोटाङ
कात्तिक १३/खोटाङको दक्षिणी क्षेत्रस्थित सिम्पानी क्याम्पसमा जिल्लामा पहिलो पटक विद्युतीय पुस्तकालय इ-लाईब्रेरी शुरु भएको छ ।

शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको हेल्प नेपालले विद्यार्थीहरुमा कम्प्युटरको ज्ञान बढाउँदै शैक्षिक विकासका लागि विद्युतीय पुस्ताकालय शुरु गरिदिएको हो । जिल्लामा पहिलो पटक स्थापना भएको विद्युतीय पुस्ताकालयको शुक्रवार उद्घाटन भएको छ ।

पुस्तकालय स्थापनापछि क्याम्पस जिल्लाको पहिलो विद्युतीय पुस्ताकालयसहितको नमुना क्याम्पस भएको छ । 'एक जिल्ला एक पुस्तकालय' भन्ने नाराका साथ देशका १३ स्थानमा यस्तो पुस्ताकालय स्थापना गरिसकेको टेलीकम्यूनीकेशनका ईिाजनियर सुपील उदासले बताउनु भयो ।

हेल्प नेपालले क्याम्पसलाई ११ थान कम्प्युटर पनि दिएको छ । संस्थाले अति विकट पछि पारिएका जिल्लाहरुका विद्यालय स्वास्थ्य कार्यालयको भवन बनाईदिदै आएको हेल्प नेपालका नितेश पाण्डेले बताउनु भयो ।

विद्यार्थीहरुलाई औपचारीक शिक्षासंगै कम्प्युटरको ज्ञान दिनका लागि ई-लाईब्रेररीको स्थापना गरिएको हो । यस पुस्तकालयमा कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई सहयोग पुग्ने खालको शैक्षिक समाग्री समेटिएको हेल्प नेपालका कैलाश बुढाथोकीले बताउनु भयो ।

पुस्तकालयले शिक्षक विद्यार्थी र समुदायमा प्रभाव पर्ने बताईएको छ । यसको परिचालन गर्दै दिगो बनाउन सके समग्र देशलाईनै फाईदा हुने सर्वसाधारणहरुले बताएका छन् ।

No comments:

Post a Comment