Showing posts with label लेख. Show all posts
Showing posts with label लेख. Show all posts

Sunday, October 25, 2009

रुपाकोट रेडियोका हालका गतिविधि


रुपाकोट सूचना तथा साचार सहकारी संस्थाद्वारा संचालित रुपाकोट रेडियोले आपुनै भवन निर्माण गर्दै छ । दिक्तेल मुढे स्थित स्थानीयबासीले निःशुल्क दिएको जग्गामा ५ कोठे एक तल्ले भवनको निर्मण कार्य अन्तिम चरणमा पुगेको छ । वीरबहादुर तामाङ साङमाया तामाङ धनबहादुर तामाङ र कर्णबहादुर तामाङले दिनुभएको ३ रोपनी जग्गामा बनिरहेको भवन निर्माणका लागि संसदीय विकास कोषअन्तर्गत ५ लाख अनुदान प्राप्त भएको छ । आ.व.०६५/६६ मा संविधानसभाका सभासद्हरु अर्जुनकुमार राईबाट रु.५० हजार उषाकला राईबाट रु.५० हजार रामकुमार राईबाट रु.१ लाख दुर्गाजयन्ती राईबाट रु.१ लाख र हरि रोकाबाट रु.१ लाख प्राप्त भएको हो । निर्माणधीन भवन पूरा भएपछि १ महिनाभित्र हात भाडामा रहेको स्थानबाट रेडियो स्टेसन सार्ने तयारी भइरहेको छ ।
यसैगरी दिक्तेल बजारमा रहेका सम्पर्क कार्यायलयको काम पनि सार्ने गरी तथा स्टुडियो निर्माण गर्नका लागि अर्को भवन निर्माण कार्यको अभियान सुरु भएको छ । यस भवनका लागि रेडियोका सल्लाहकार मनदुकुमार राईबाट आधा रोपनी जग्गा प्राप्त भइसकेको छ । भवन निर्मण कार्य यही आर्थिक वर्षमा सम्पन्न गर्ने गरी समुदायबाट सहयोग संकलन कार्य थालिएको छ । समुदायद्वारा संचालित रेडियो भएको हुनाले समुदायको सहयोगमा यो भवन निर्माण हुँदैछ । भवन निर्माणका लागि रु।१ हजार वा सोभन्दामाथि रकम सहयोग गर्ने व्यक्ति वा संस्थाको नाम ताम्रपत्रमा लेख्ने र रु।५ सय भन्दा माथि रु।९९९ सहयोग दिनेको नाम माउन्ट प्रेुमिङ गरेर भवनमा राख्ने र सहयोग दिनेको नाम र रकम रेडियोबाट तीन पटकसम्म प्रसारण गरिने भएको छ । यो सहयोग संकलनको कार्य अगाडि बढाउन संचालक समितिका अध्यक्ष बागधन राईको संयोजकतवमा भवन निर्माण सहयोग संकलन मूल समिति गठन भएको छ र डा।विष्णु राईको संयोजकत्वमा काठमाडौंमा पनि सहयोग संकलन समिति गठन भएको छ । यसरी समुदायको सहयोगले नै अर्को भवन निर्माण गर्ने कार्य रुप्ाकोट रेडियोको हालको पहिलो काम बनेको छ ।
भवन निर्माण कार्यको साथै विषयगत र भाषागत कार्यक्रम अनुगमन तथा प्रवद्र्धन समितिहरुको गठन जनशक्ति विकासका लागि तालिमहरु भई रहेका छन् । सामुदायिक रेडियो प्रसारक संघले काठमाडौंमा उत्पादन गरेको साझा खबर रुपाकोट रेडियोले भदौ ३ गतेबाट प्रसारण गरिरहेको छ । देशभरिका २२ वटा रेडियोहरुसँग समाचार उत्पादन तथा बजार प्रवद्र्धनका लागिसंलग्न रहेको छ । सामुदायिक रेडियो सहयोग केन्द्र÷नेवापससँग सहकार्य गरी सामुदायिक रेडयोका मापनका आधारहरु बनाउन रुपाकोट रेडियोको सकि्रय रुपमा सहभागी भएको छ र सामुदायिक रेडियो सहयोग केन्द्रको सहकार्यमा रेडियोका रणनीति योजना तथा नीति निर्माण गर्ने काममा पनि जुटेको छ ।
यसरी रुपाकोट रेडियो भौतिक र नीतिगत रुपमा आपुनै खुट्टामा उभिनका लागि सकि्रया रहेको छ ।


-रुपाकोट रेडियोको मासिक मुखपत्रको पहलो अंकबाट