Sunday, August 9, 2009

पुग्नु ता

शब्द : नाकिमा
संगीत : सन्तोष दुमि
स्वर : भीमसेना राई/सन्तोष दुमी
उत्पादन : रुपाकोट रेडियो १०५ मेगाहर्ज

घामले आँखा खोलिसक्यो
पाखा-पर्वत चुमिसक्यो
उठ ए मान्छेहरु
पुग्नु टाढा छ ।

पीठो-गुन्द्रुक उमालेर
टार्नु कति छाकहरु
पटुकीले पेट कसेर
काट्नु कति रातहरु
जून घुम्न आऊ भन्छ सपनीमा जूनवासी
घामले आँखा खोलिसक्यो
घरको संघार टेकिसक्यो
उठ ए युवाहरु
पुग्नु टाढा छ ।

कुचीतिर अघि बढाऊ
कुचो लाउने हातहरु
कलमले कहानी फेर
जाँगरीला जमातहरु
अनि पो त पुग्छौं हामी चन्द्रमाको हाट हेर्न
घामले पाइला चालिसक्यो
नयाँ यात्रा थालिसक्यो
उठ ए यात्रीहरु
पुग्नु टाढा छ ।

Sunday, August 2, 2009

रुपाकोट रेडियो

मिर्मिरे प्रभाससँगै
सन्ध्याको आभाससँगै
जागृतिका धुनहरु
समताका स्वरहरु
१०५ मा गुन्जियो
रुपाकोट रेडियो