Thursday, November 12, 2009

संबिधान निर्माणको लागि दवावमुलक कार्यक्रम गर्न आग्रह

दमन राई/खोटाङ
कार्तिक-२५/प्रेस चौतारी खोटाङले निर्धारित समयमा संबिधान निर्माणकोलागि दवावमुलक कार्यक्रम गर्न सवैलाई आग्रह गरेकेा छ । दलहरुविच वढदै गएको राजनितिक असहमतीले तोकिएको समयमा संविद्यान नबन्ने पक्का भएको ठहर गर्दै दवावमुलक कार्यक्रम गर्न आग्रह गरेको हो ।
चौतारीको आज भएको भेलापछि एक अपिलमार्फत जिल्ल्ााका राजनितिक दल नागरिक समाज बुद्धिजिवी शिक्षक विद्यँर्थी किसान व्यवसायी पेशाकर्मी अधिकारकर्मी कलाकर्मी पत्रकारलगायतलाई यस्तो आग्रह गरेको हो ।
समयमा संविधान नभए संविधान निर्माणको चाँबी हातमा लिएका दलहरु र स्वयं हामी नै त्यसको दोषको भागीदार हुने समेत चौतारीले जनाएको छ ।

Monday, November 9, 2009

माओवादीद्धारा किरात गणराज्य घोषणा

दमन राई/खोटाङ
कार्तिक-२३/एकीकृत नेकपा माओवादी किरात राज्यa समितिले आज किरात गणराज्य घोषणा गरेको छ ।
राष्ट्रपतिको कदम सच्चिनुपर्ने माग गर्दै आन्दोलन गरिरहेको माओवादी केन्द्रीय कमिटीले स्वायत्त राज्य घोषणाको कार्यक्रम फिर्ता लिएपनि किरात राज्य समितिले भने किरात गणराज्य घोषणा गरेको छ ।
माओवादीले पुर्वका खोटाङ उदयपुर ओखलढुङगा सोलुखुम्वु भोजपुर र संखुवासभा जिल्ल्ाालाई समेटेर किरात गणराज्य घोषणा गरेको हो ।
एकीकृत नेकपा माओवादी पोलिटव्यूरो सदस्य गोपाल किरातीले गणराज्य घोषणा गर्नु हुदै हाललाई किरात गणराज्य सांकेतिक अर्थात पदाधिकारी विहिनको हुने बताउनु भयो । उहाँले छलफलपछि किरात राज्यको पदाधिकारी चयन गर्ने जानकारी दिनु भयो ।
किरात राज्य समिति अन्तर्गत पुर्वका ६ जिल्लाका प्रतिनीधि सहभागी घोषणासभामा पोलिट व्युरो सदस्य किरातीले किरात राज्यभित्र सवै जातजाती र भाषभाषीको समान अस्तित्व रहने बताउनु भयो ।
सदस्य किरातीले अव किरात गणराज्यभित्रका सवै स्थानीय भाषा भाषीले राष्ट्रियता प्राप्तीको अवशर पाउने बताउनु भयो ।
उहाँले किरात गणराज्यलाई आर्थिक सास्कृतिक दृष्टिले मजवुत बनाउन सल्लाहको अपेक्षा गर्दै किरात राज्यभित्र विस्तारवाद सामन्तवाद र दलालको स्थान नहुने बताउनु भयो ।
केन्द्रिय स्तरमा नै गाणराज्य घोषणा गर्ने कार्यक्रमलाई स्थगित गरेपनि आफ्ना अध्यक्षँ प्रचण्डसंग स्वीकृति लिएर मात्रै घोषणा गरिएको नेता किरातीको भनाईछ ।

Saturday, November 7, 2009

एकीकृत नेकपा माओवादी खोटाङले किरात गणराज्य घोषणा गरेरै छाड्ने

दमन राई/खोटाङ
कार्तिक-२१/एकीकृत नेकपा माओवादी खोटाङले किरात गणराज्य घोषणा गर्ने कार्यक्रम फिर्ता नलिने भएको छ । माओवादी केन्द्रीय कमिटिले गणराज्य घोषणा गर्ने कार्यक्रम फिर्ता लिए पनि नेकपा माओवादी खोटाङले फिर्ता नलिने जिल्ल्ाा ईन्चार्ज धिरेनले बताउनु भयो ।
केहीवेर अघि भएको टेलिफोन सम्पर्कमा ईन्चार्ज धिरेनले पसर्ी कार्तिक २३ गते खोटाङ भोजपुर उदयपुर ओखलढुङगा सोलुखुम्बु र संखुवासभा जिल्लालाई समेटेर किरात स्वायत्त गणराज्य घोषणा गर्ने तयारी भएको जानकारी दिनु भयो ।
खोटाङलाई किरात गणराज्यको राजधानीको रुपमा चिनाउन गणराज्य घोषणा गर्ने कार्यक्रम फिर्ता नलिएको उहाँले बताउनु भयो ।
माओवादीले महासचिव रामबहादुर थापा वादल पोलिटव्युरो सदस्य गोपाल किराती पुर्व राज्य मन्त्री पदम राई केन्द्रीय समिति सदस्य पेशल खतिवडा किरात राज्यका सभाषदलगातको उपस्थितिमा किरात गणराज्य घोषणा गर्ने तयारी गरेकॊ छ । माओवादीले किरात स्वायत्त गणराज्य घोषणा गर्ने तयारी पूरा भएको जनाएको छ ।

श्रम शिविर शुरु

दमन राई/खोटाङ
कार्तिक-२०/खोटाङ नेर्पामा ुश्रमलाई माया गरौं शोसनलाई घृणा गरौंु भन्ने नाराका साथ एकीकृत नेकपा माओवादीले एकहप्ते श्रम शिविर शुरु गरेको छ । नेर्पा-सातस्थित बरबोटेका माधव राईको खेतबाट श्रम शिविर शुरु गरिएको छ ।
शिविरको एकीकृत माओवादी सभासद रामकुमार राई पासाङ सभासद दुर्गाजयन्ति राई र ७२ बर्षीय बृद्ध नरप्रसाद राईले उद्घाटन गर्नुभएको छ ।
नेता र कार्यकर्ताविचको सम्वन्ध सुढृढ बनाउन एकीकृत नेकपा माओवादी ईलाका नम्बर आठलॆ श्रम शिविर शुरु गरेको माओवादीले जनाएका छन् ।
शिविर उद्घाटन गर्दै सभासद पासाङले मुलुकमा गरी खानेको शासन चल्नुपर्नेमा जोड दिनुभयो । सभासद दुर्गाजयन्ति राईले कम्युष्टिहरुले श्रमलाई माया गर्नुपर्ने बताउनुभयो ।
८ नम्बर ईलाका सेक्रेटरी हिरण्यको सभापतित्वमा शुरु शिविर नेर्पाभरी चल्ने छ ।

म्याद सकिएको दैनिक उपभोग्य वस्तुको बिक्री बितरणमा रोक

दमन राई/खोटाङ
कार्तिक-२०/खोटाङको जालपा गाविसमा म्याद सकिएको दैनिक उपभोग्य वस्तुको बिक्री बितरणमा रोक लगाइएको छ ।
गाविसको आज वसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको सचिव गौरी आचार्यले जानकारी दिनु भयो ।
बैठकले गाविसभित्र म्याद सकिएको बिस्कुट चिउरा चाउ-चाउलगायतका दैनिक उपभोग्य पदार्थ विक्री वितरण गर्न नपाईने निर्णय गरेको छ । यस्तै बैठकले राती अवेरसम्म जाँडरक्सी वियरजस्ता मादक पदार्थको विक्री वितरण गर्न नपाईने निर्णय भएको छ ।
म्याद सकिएको खाद्य वस्तु र मदिराजन्य पदार्थको बेचविखन गरिएको भेटिए कानूनी कार्वाही गर्ने निर्णय भएको सचिव आचार्यले जानकारी दिनु भयो । अनुमती लिएरमात्र पेय पदार्थको बिक्री वितरण गर्न पाईने निर्णय भएको छ ।
यस्तै उत्तरी क्षेत्रको प्रमुख सडक भएको ठहर गर्दै हुर्लुङ-जलापा ग्रामिण सडक ग्रााभेल गर्नकालागि सहयोगको माग गर्ने निर्णय भएको छ । त्यस सडकखण्डमा बार्है मास यातायात चलाउने लक्ष लिइएको बताइएको छ । हालै स्काइभेटरले त्यस सडकखण्डमा ट्रयाक खन्ने काम सकिएको छ ।
बैठकले द्धन्द्धको समयमा तत्कालिन माओवादीले ताला लगाउदा मक्किएर र धमिरा लागेर जिर्ण भएका जालपा माविको भवन पुःन निर्माणकालागि माग गर्ने निर्णय भएको छ । विद्यालयको व्यावस्थापन समुदायले लिएको भन्दै माओवादीले पटक-पटक ताला लगाउदा विद्यालयमा भएको काठपाठ नष्ट भएको छ । यसैविच बैठकले द्धन्द्धकालमा भत्काइएका प्रहरीचौकी जालपाको स्तर बृद्धि र भवन निर्माणकालागि सक्वन्धीत निकायसंग माग गर्ने निर्णय भएको सचिव आचार्यले जानकारी दिनु भयो ।

आगलागीमा घर नष्ट

दमन राई/खोटाङ
कार्तिक-२०/खोटाङ अर्खौले-१ फेदीका शारदा पुरीको आगलागी हुँदा घर जलेर नष्ट भएको छ । आगलागीमा परी पुरीको ७० हजार रुपैंयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीमा पुरीको सात मुरी अन्न दश लाल सुन लत्ता-कपडा नष्ट जलेर नष्ट भएकॊ छ ।
आगलागीबाट घर जलेपछि पुरी परिवार आफ्नो बुबाको घरमा बसिरहेका जनसेवा समाज नेपाल जालपाका अर्खौलेस्थित उत्प्रेरक नीलप्रसाद राईले जानकारी दिनु भयो । केटाकेटीले जथाभावी आगो खेलाउँदा आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

Wednesday, November 4, 2009

ढुङगाले किचेर खोटाङमा एक महिलाको ज्यान गयो

दमन राई/खोटाङ
कार्तिक-१९/माछा मार्नेक्रममा ढुङगाले किचेर खोटाङमा एक महिलाको ज्यान गएको छ । मेवा खोलामा माछा मार्न दुवाली फर्काउनेक्रममा पल्टिएको ढुङगाले किचेर दोर्पा-२ रुवाबुककी ३८ वर्षीय धनकुमारी राईको हिजो ज्यान गएको जिल्ला प्रहरी कार्यलय खोटाङले जनाएको छ । मृतक राईको तीन छोरा र छोरी छन् ।

Sunday, November 1, 2009

आर्थिक सहयोगको माग गर्दै जिल्ला विकास समिति कार्यलयमा डेलिगेसन

आर्थिक सहयोगको माग गर्दै खोटाङको तावा खोला लघुलज विद्युत उपभोक्ता समिति खिदिमा जिल्ला विकास समिति कार्यलयमा डेलिगेसन गएका छन् ।
विद्युत आयोजना पुरा गर्नकालागि आवश्यक दश लाख रुपैंयाँको माग गर्दै डेलिगेसन गएका हुन् ।
कूल ५९ लाख ३२ हजार आठ सय ७७ को लागतमा पुरा हुने आयोजनाकालागि बैकल्पीक उर्जा प्रबद्र्धन केन्द्र ईसापले २३ लाख दुई हजार र खिदिमा गाविसको दश लाख ६१ हजार र चन्दा संकलन १७ लाखगरी झण्डै ४० लाखमात्र जम्मा भएको उपभोक्ता समितिले जनाएको छ । योजना पूरा गर्न अझै आर्थिक अभाव रहेको विद्युत उपभोक्ताले जनाएको छ ।
१५ किलोवाट क्षमता भएको विद्युत आयोजना पुरा भएपछि खिदिमाका ५ वडाका नागरिक लाभान्वीत हुने बताइएको छ । उनीहरुले जिल्लाका राजनितिक दलहरुलाई समेत बोधार्थ बुझाएको छ । राजनितीक दलका प्रतिनिधिहरुले आफ्नोतर्फवाट सक्दो सहयोग गर्ने वजन दिनु भयो ।