Saturday, October 31, 2009

माओवादी मातृका यादव समुहद्धारा पुर्वका छ जिल्लाका गुठी र घरजग्गा कब्जा गर्ने घोषणा

दमन राई/खोटाङ
कार्तिक-१४/नेकपा माओवादी मातृका यादव समुहले पुर्वका छ जिल्लाका गुठी र घरजग्गा कब्जा गर्ने घोषणा गरेको छ । माओवादीको खोटाङ भोजपुर ओखलढु¨ा सोलुखुम्बु सङ्खुवासभा र उदयपुरको संयुक्त जिल्ला बैठकले यस्तो घोषणा गरेको हो ।

माओवादीले विज्ञाप्तीमार्फत यी छ जिल्लामा रहेका राजगुठी परिवार गुठी निजी गुठी विवादित जग्गा जमिन र निजी प्रयोजनमा प्रयोग भइरहेको सार्वजनिक स्थललाई कब्जा गर्ने घोषणा गरेको हो । यस्तै नयाँ आन्दोलन र संघर्षका कार्यक्रम घोषणास्वरुप भ्रष्टचारी घुसखोरी र फटाहाको जग्गा कब्जा गर्ने घोषणा गरेको छ ।
संयुक्त जिल्ला समितिका संयोजक बाङदी र सचिव विनम्रले हस्ताक्षर गर्नु भएको विज्ञाप्तीमा भनिएको छ-लालपुर्जा भएको जग्गालाई बाँझो राख्न नपाईने र जसको जोत उसको पोत हुने लागु हुने छ ।
यस्तो जग्गा कब्जा गर्नुअघि जनताको राय लिइने नेकपा माओवादीका केन्द्रीय तदर्थ समिति सदस्य रत्नकुमार राई दर्शनले बताउनु भयो । यस विषयमा आज टेलिफोन सम्पर्कमा कुराकानी गर्दै सदस्य दर्शनले कब्जा र साचालन कसरी गर्ने भन्ने छानविन जनताकै सल्लाहा अुनशार हुने बताउनु भयो ।

No comments:

Post a Comment