Monday, November 9, 2009

माओवादीद्धारा किरात गणराज्य घोषणा

दमन राई/खोटाङ
कार्तिक-२३/एकीकृत नेकपा माओवादी किरात राज्यa समितिले आज किरात गणराज्य घोषणा गरेको छ ।
राष्ट्रपतिको कदम सच्चिनुपर्ने माग गर्दै आन्दोलन गरिरहेको माओवादी केन्द्रीय कमिटीले स्वायत्त राज्य घोषणाको कार्यक्रम फिर्ता लिएपनि किरात राज्य समितिले भने किरात गणराज्य घोषणा गरेको छ ।
माओवादीले पुर्वका खोटाङ उदयपुर ओखलढुङगा सोलुखुम्वु भोजपुर र संखुवासभा जिल्ल्ाालाई समेटेर किरात गणराज्य घोषणा गरेको हो ।
एकीकृत नेकपा माओवादी पोलिटव्यूरो सदस्य गोपाल किरातीले गणराज्य घोषणा गर्नु हुदै हाललाई किरात गणराज्य सांकेतिक अर्थात पदाधिकारी विहिनको हुने बताउनु भयो । उहाँले छलफलपछि किरात राज्यको पदाधिकारी चयन गर्ने जानकारी दिनु भयो ।
किरात राज्य समिति अन्तर्गत पुर्वका ६ जिल्लाका प्रतिनीधि सहभागी घोषणासभामा पोलिट व्युरो सदस्य किरातीले किरात राज्यभित्र सवै जातजाती र भाषभाषीको समान अस्तित्व रहने बताउनु भयो ।
सदस्य किरातीले अव किरात गणराज्यभित्रका सवै स्थानीय भाषा भाषीले राष्ट्रियता प्राप्तीको अवशर पाउने बताउनु भयो ।
उहाँले किरात गणराज्यलाई आर्थिक सास्कृतिक दृष्टिले मजवुत बनाउन सल्लाहको अपेक्षा गर्दै किरात राज्यभित्र विस्तारवाद सामन्तवाद र दलालको स्थान नहुने बताउनु भयो ।
केन्द्रिय स्तरमा नै गाणराज्य घोषणा गर्ने कार्यक्रमलाई स्थगित गरेपनि आफ्ना अध्यक्षँ प्रचण्डसंग स्वीकृति लिएर मात्रै घोषणा गरिएको नेता किरातीको भनाईछ ।

No comments:

Post a Comment