Saturday, November 7, 2009

म्याद सकिएको दैनिक उपभोग्य वस्तुको बिक्री बितरणमा रोक

दमन राई/खोटाङ
कार्तिक-२०/खोटाङको जालपा गाविसमा म्याद सकिएको दैनिक उपभोग्य वस्तुको बिक्री बितरणमा रोक लगाइएको छ ।
गाविसको आज वसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको सचिव गौरी आचार्यले जानकारी दिनु भयो ।
बैठकले गाविसभित्र म्याद सकिएको बिस्कुट चिउरा चाउ-चाउलगायतका दैनिक उपभोग्य पदार्थ विक्री वितरण गर्न नपाईने निर्णय गरेको छ । यस्तै बैठकले राती अवेरसम्म जाँडरक्सी वियरजस्ता मादक पदार्थको विक्री वितरण गर्न नपाईने निर्णय भएको छ ।
म्याद सकिएको खाद्य वस्तु र मदिराजन्य पदार्थको बेचविखन गरिएको भेटिए कानूनी कार्वाही गर्ने निर्णय भएको सचिव आचार्यले जानकारी दिनु भयो । अनुमती लिएरमात्र पेय पदार्थको बिक्री वितरण गर्न पाईने निर्णय भएको छ ।
यस्तै उत्तरी क्षेत्रको प्रमुख सडक भएको ठहर गर्दै हुर्लुङ-जलापा ग्रामिण सडक ग्रााभेल गर्नकालागि सहयोगको माग गर्ने निर्णय भएको छ । त्यस सडकखण्डमा बार्है मास यातायात चलाउने लक्ष लिइएको बताइएको छ । हालै स्काइभेटरले त्यस सडकखण्डमा ट्रयाक खन्ने काम सकिएको छ ।
बैठकले द्धन्द्धको समयमा तत्कालिन माओवादीले ताला लगाउदा मक्किएर र धमिरा लागेर जिर्ण भएका जालपा माविको भवन पुःन निर्माणकालागि माग गर्ने निर्णय भएको छ । विद्यालयको व्यावस्थापन समुदायले लिएको भन्दै माओवादीले पटक-पटक ताला लगाउदा विद्यालयमा भएको काठपाठ नष्ट भएको छ । यसैविच बैठकले द्धन्द्धकालमा भत्काइएका प्रहरीचौकी जालपाको स्तर बृद्धि र भवन निर्माणकालागि सक्वन्धीत निकायसंग माग गर्ने निर्णय भएको सचिव आचार्यले जानकारी दिनु भयो ।

No comments:

Post a Comment