Saturday, October 31, 2009

घर खर्च जुटाउन कटुस टिप्न जंगलतिर

दमन राई/खोटाङ
कात्तिक १४/विभिन्न पेशा व्यावसाय गरेर घर खर्च चलाउने जिल्लाका नागरिकहरु अहिले कटुस टिप्नमा व्यस्त छन् । प्रसस्त कटुस पाईने जिल्लाको लेक क्षेत्रमा त्यस भेगका नागरिकहरु अहिले घरको अन्य काम छोडेर यो काममा लागेका हुन् ।
जंगलबाट टिपेर ल्याएको कटुस मानाको वीस रुपैयाँमा विक्री हुने गरेपछि आम्दानीको राम्रै श्रोत बन्ने भएकाले उनीहरु लाम लागेर कुटस टिप्न जाने गरेका छन् । उनीहरुले ल्याएको कटुस जिल्लाको स्थानीय बजारहरुमै विक्री हुने गरेका छन् ।
त्यसोत कटुस बेचेर आउने आम्दानीले जिल्लाका विद्यार्थीहरुलाई समेत अल्मल्याएका छन् । लेक क्षेत्रका विद्यार्थीहरु अभिभावक र शिक्षकको आखा छलेर विहान दश वजेदेखि दिउसो चार वजेसम्म विद्यालयको साटो जंगलमा हुने गरेका छन् ।
किताव कापी बोकेर विद्यालय जाने समयमा विद्यार्थीहरु लामवद्ध भएर जंगलतिर जाने गरेका छन् । खाजाको रुपमा प्रयोग गर्न विकि्र गरी पढाई खर्च जुटाउन र व्यक्तिगत खर्च जुटाउन भन्दै जंगल जाने गरेको डँडाखर्क माविका विद्यार्थी रमिला खड्काले बताउनु भयो । घरबाट अविभावकहरुले छोराछोरीहरुलाई घरको काम समेत गर्न नलगाई विद्यालय पठाउँछन् तर उनिहरु विद्यालयमा हाजिर गरेर जंगल तर्फ जाने गर्छन् ।
यता शिक्षकहरुलाई यसबारे थाहा भएपनि केही वास्ता नै नगर्ने विद्यार्थी रमेश खड्काले बताए । यस कार्यले उनीहरुको पढाईमा समेत प्रभाव पर्ने गरेका छन् ।

No comments:

Post a Comment