Thursday, November 12, 2009

संबिधान निर्माणको लागि दवावमुलक कार्यक्रम गर्न आग्रह

दमन राई/खोटाङ
कार्तिक-२५/प्रेस चौतारी खोटाङले निर्धारित समयमा संबिधान निर्माणकोलागि दवावमुलक कार्यक्रम गर्न सवैलाई आग्रह गरेकेा छ । दलहरुविच वढदै गएको राजनितिक असहमतीले तोकिएको समयमा संविद्यान नबन्ने पक्का भएको ठहर गर्दै दवावमुलक कार्यक्रम गर्न आग्रह गरेको हो ।
चौतारीको आज भएको भेलापछि एक अपिलमार्फत जिल्ल्ााका राजनितिक दल नागरिक समाज बुद्धिजिवी शिक्षक विद्यँर्थी किसान व्यवसायी पेशाकर्मी अधिकारकर्मी कलाकर्मी पत्रकारलगायतलाई यस्तो आग्रह गरेको हो ।
समयमा संविधान नभए संविधान निर्माणको चाँबी हातमा लिएका दलहरु र स्वयं हामी नै त्यसको दोषको भागीदार हुने समेत चौतारीले जनाएको छ ।

Monday, November 9, 2009

माओवादीद्धारा किरात गणराज्य घोषणा

दमन राई/खोटाङ
कार्तिक-२३/एकीकृत नेकपा माओवादी किरात राज्यa समितिले आज किरात गणराज्य घोषणा गरेको छ ।
राष्ट्रपतिको कदम सच्चिनुपर्ने माग गर्दै आन्दोलन गरिरहेको माओवादी केन्द्रीय कमिटीले स्वायत्त राज्य घोषणाको कार्यक्रम फिर्ता लिएपनि किरात राज्य समितिले भने किरात गणराज्य घोषणा गरेको छ ।
माओवादीले पुर्वका खोटाङ उदयपुर ओखलढुङगा सोलुखुम्वु भोजपुर र संखुवासभा जिल्ल्ाालाई समेटेर किरात गणराज्य घोषणा गरेको हो ।
एकीकृत नेकपा माओवादी पोलिटव्यूरो सदस्य गोपाल किरातीले गणराज्य घोषणा गर्नु हुदै हाललाई किरात गणराज्य सांकेतिक अर्थात पदाधिकारी विहिनको हुने बताउनु भयो । उहाँले छलफलपछि किरात राज्यको पदाधिकारी चयन गर्ने जानकारी दिनु भयो ।
किरात राज्य समिति अन्तर्गत पुर्वका ६ जिल्लाका प्रतिनीधि सहभागी घोषणासभामा पोलिट व्युरो सदस्य किरातीले किरात राज्यभित्र सवै जातजाती र भाषभाषीको समान अस्तित्व रहने बताउनु भयो ।
सदस्य किरातीले अव किरात गणराज्यभित्रका सवै स्थानीय भाषा भाषीले राष्ट्रियता प्राप्तीको अवशर पाउने बताउनु भयो ।
उहाँले किरात गणराज्यलाई आर्थिक सास्कृतिक दृष्टिले मजवुत बनाउन सल्लाहको अपेक्षा गर्दै किरात राज्यभित्र विस्तारवाद सामन्तवाद र दलालको स्थान नहुने बताउनु भयो ।
केन्द्रिय स्तरमा नै गाणराज्य घोषणा गर्ने कार्यक्रमलाई स्थगित गरेपनि आफ्ना अध्यक्षँ प्रचण्डसंग स्वीकृति लिएर मात्रै घोषणा गरिएको नेता किरातीको भनाईछ ।

Saturday, November 7, 2009

एकीकृत नेकपा माओवादी खोटाङले किरात गणराज्य घोषणा गरेरै छाड्ने

दमन राई/खोटाङ
कार्तिक-२१/एकीकृत नेकपा माओवादी खोटाङले किरात गणराज्य घोषणा गर्ने कार्यक्रम फिर्ता नलिने भएको छ । माओवादी केन्द्रीय कमिटिले गणराज्य घोषणा गर्ने कार्यक्रम फिर्ता लिए पनि नेकपा माओवादी खोटाङले फिर्ता नलिने जिल्ल्ाा ईन्चार्ज धिरेनले बताउनु भयो ।
केहीवेर अघि भएको टेलिफोन सम्पर्कमा ईन्चार्ज धिरेनले पसर्ी कार्तिक २३ गते खोटाङ भोजपुर उदयपुर ओखलढुङगा सोलुखुम्बु र संखुवासभा जिल्लालाई समेटेर किरात स्वायत्त गणराज्य घोषणा गर्ने तयारी भएको जानकारी दिनु भयो ।
खोटाङलाई किरात गणराज्यको राजधानीको रुपमा चिनाउन गणराज्य घोषणा गर्ने कार्यक्रम फिर्ता नलिएको उहाँले बताउनु भयो ।
माओवादीले महासचिव रामबहादुर थापा वादल पोलिटव्युरो सदस्य गोपाल किराती पुर्व राज्य मन्त्री पदम राई केन्द्रीय समिति सदस्य पेशल खतिवडा किरात राज्यका सभाषदलगातको उपस्थितिमा किरात गणराज्य घोषणा गर्ने तयारी गरेकॊ छ । माओवादीले किरात स्वायत्त गणराज्य घोषणा गर्ने तयारी पूरा भएको जनाएको छ ।

श्रम शिविर शुरु

दमन राई/खोटाङ
कार्तिक-२०/खोटाङ नेर्पामा ुश्रमलाई माया गरौं शोसनलाई घृणा गरौंु भन्ने नाराका साथ एकीकृत नेकपा माओवादीले एकहप्ते श्रम शिविर शुरु गरेको छ । नेर्पा-सातस्थित बरबोटेका माधव राईको खेतबाट श्रम शिविर शुरु गरिएको छ ।
शिविरको एकीकृत माओवादी सभासद रामकुमार राई पासाङ सभासद दुर्गाजयन्ति राई र ७२ बर्षीय बृद्ध नरप्रसाद राईले उद्घाटन गर्नुभएको छ ।
नेता र कार्यकर्ताविचको सम्वन्ध सुढृढ बनाउन एकीकृत नेकपा माओवादी ईलाका नम्बर आठलॆ श्रम शिविर शुरु गरेको माओवादीले जनाएका छन् ।
शिविर उद्घाटन गर्दै सभासद पासाङले मुलुकमा गरी खानेको शासन चल्नुपर्नेमा जोड दिनुभयो । सभासद दुर्गाजयन्ति राईले कम्युष्टिहरुले श्रमलाई माया गर्नुपर्ने बताउनुभयो ।
८ नम्बर ईलाका सेक्रेटरी हिरण्यको सभापतित्वमा शुरु शिविर नेर्पाभरी चल्ने छ ।

म्याद सकिएको दैनिक उपभोग्य वस्तुको बिक्री बितरणमा रोक

दमन राई/खोटाङ
कार्तिक-२०/खोटाङको जालपा गाविसमा म्याद सकिएको दैनिक उपभोग्य वस्तुको बिक्री बितरणमा रोक लगाइएको छ ।
गाविसको आज वसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको सचिव गौरी आचार्यले जानकारी दिनु भयो ।
बैठकले गाविसभित्र म्याद सकिएको बिस्कुट चिउरा चाउ-चाउलगायतका दैनिक उपभोग्य पदार्थ विक्री वितरण गर्न नपाईने निर्णय गरेको छ । यस्तै बैठकले राती अवेरसम्म जाँडरक्सी वियरजस्ता मादक पदार्थको विक्री वितरण गर्न नपाईने निर्णय भएको छ ।
म्याद सकिएको खाद्य वस्तु र मदिराजन्य पदार्थको बेचविखन गरिएको भेटिए कानूनी कार्वाही गर्ने निर्णय भएको सचिव आचार्यले जानकारी दिनु भयो । अनुमती लिएरमात्र पेय पदार्थको बिक्री वितरण गर्न पाईने निर्णय भएको छ ।
यस्तै उत्तरी क्षेत्रको प्रमुख सडक भएको ठहर गर्दै हुर्लुङ-जलापा ग्रामिण सडक ग्रााभेल गर्नकालागि सहयोगको माग गर्ने निर्णय भएको छ । त्यस सडकखण्डमा बार्है मास यातायात चलाउने लक्ष लिइएको बताइएको छ । हालै स्काइभेटरले त्यस सडकखण्डमा ट्रयाक खन्ने काम सकिएको छ ।
बैठकले द्धन्द्धको समयमा तत्कालिन माओवादीले ताला लगाउदा मक्किएर र धमिरा लागेर जिर्ण भएका जालपा माविको भवन पुःन निर्माणकालागि माग गर्ने निर्णय भएको छ । विद्यालयको व्यावस्थापन समुदायले लिएको भन्दै माओवादीले पटक-पटक ताला लगाउदा विद्यालयमा भएको काठपाठ नष्ट भएको छ । यसैविच बैठकले द्धन्द्धकालमा भत्काइएका प्रहरीचौकी जालपाको स्तर बृद्धि र भवन निर्माणकालागि सक्वन्धीत निकायसंग माग गर्ने निर्णय भएको सचिव आचार्यले जानकारी दिनु भयो ।

आगलागीमा घर नष्ट

दमन राई/खोटाङ
कार्तिक-२०/खोटाङ अर्खौले-१ फेदीका शारदा पुरीको आगलागी हुँदा घर जलेर नष्ट भएको छ । आगलागीमा परी पुरीको ७० हजार रुपैंयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीमा पुरीको सात मुरी अन्न दश लाल सुन लत्ता-कपडा नष्ट जलेर नष्ट भएकॊ छ ।
आगलागीबाट घर जलेपछि पुरी परिवार आफ्नो बुबाको घरमा बसिरहेका जनसेवा समाज नेपाल जालपाका अर्खौलेस्थित उत्प्रेरक नीलप्रसाद राईले जानकारी दिनु भयो । केटाकेटीले जथाभावी आगो खेलाउँदा आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

Wednesday, November 4, 2009

ढुङगाले किचेर खोटाङमा एक महिलाको ज्यान गयो

दमन राई/खोटाङ
कार्तिक-१९/माछा मार्नेक्रममा ढुङगाले किचेर खोटाङमा एक महिलाको ज्यान गएको छ । मेवा खोलामा माछा मार्न दुवाली फर्काउनेक्रममा पल्टिएको ढुङगाले किचेर दोर्पा-२ रुवाबुककी ३८ वर्षीय धनकुमारी राईको हिजो ज्यान गएको जिल्ला प्रहरी कार्यलय खोटाङले जनाएको छ । मृतक राईको तीन छोरा र छोरी छन् ।

Sunday, November 1, 2009

आर्थिक सहयोगको माग गर्दै जिल्ला विकास समिति कार्यलयमा डेलिगेसन

आर्थिक सहयोगको माग गर्दै खोटाङको तावा खोला लघुलज विद्युत उपभोक्ता समिति खिदिमा जिल्ला विकास समिति कार्यलयमा डेलिगेसन गएका छन् ।
विद्युत आयोजना पुरा गर्नकालागि आवश्यक दश लाख रुपैंयाँको माग गर्दै डेलिगेसन गएका हुन् ।
कूल ५९ लाख ३२ हजार आठ सय ७७ को लागतमा पुरा हुने आयोजनाकालागि बैकल्पीक उर्जा प्रबद्र्धन केन्द्र ईसापले २३ लाख दुई हजार र खिदिमा गाविसको दश लाख ६१ हजार र चन्दा संकलन १७ लाखगरी झण्डै ४० लाखमात्र जम्मा भएको उपभोक्ता समितिले जनाएको छ । योजना पूरा गर्न अझै आर्थिक अभाव रहेको विद्युत उपभोक्ताले जनाएको छ ।
१५ किलोवाट क्षमता भएको विद्युत आयोजना पुरा भएपछि खिदिमाका ५ वडाका नागरिक लाभान्वीत हुने बताइएको छ । उनीहरुले जिल्लाका राजनितिक दलहरुलाई समेत बोधार्थ बुझाएको छ । राजनितीक दलका प्रतिनिधिहरुले आफ्नोतर्फवाट सक्दो सहयोग गर्ने वजन दिनु भयो ।

Saturday, October 31, 2009

डुवेर बेपत्ता वनेका वालक फेला

दमन राई/खोटाङ
कार्तिक-१४/खोटाङको बराहपोखरीमा डुवेर बेपत्ता भएका साउनेचौर-१ का १३ वर्षीय बालक उत्तम खत्री दुई दिनपछि मृत भेटिएका छन् ।
गत कात्र्तिक ११ गते रातको दश बजे पोखरीमा डुबेर बेपत्ता बनेको खत्रीको शव आज विहान आफै उत्रेको प्रहरीचौकी बराहपोखरीका प्रहरी सहायक निरिक्षक रामबहादुर राईले जानकारी दिनु भयो ।
हरिवोधनी एकादशसीको अवशरमा लागेको मेलामा आएका दर्शनार्थीले उडाएका परेवा पक्रनेक्रममा खत्री डुबेर बेपत्ता भएका थिए ।

मातेर लड्दा युवाको मृत्यु

दमन राई/खोटाङ
कार्तिक-१४/मादक पदार्थले मातेका खोटाङको छितापोखरी-८ गोगनेका गौरव राईको लडेर ज्यान गएको छ ।
अधिक रक्सी पिएका २४ वर्षीय राईको हिजो वेलुका सदरमुकाम दिक्तेल नजिकैको हाटडाँडामा लडेर ज्यान गएको हो ।
विएड दोश्रँे वर्षको परिक्षा दिन आएका राई दिक्तेल वाजरबाट कोठातर्फ जाने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय खोटाङले जनाएको छ ।
राईसंगै हिडेका दिक्तेल-१ का ह्िर बुढाथोकी छितापोखरीका अटल राईलाई अनुसन्धानकालागिे प्रहरीले नियन्त्रणमा लिएको छ ।

माओवादी मातृका यादव समुहद्धारा पुर्वका छ जिल्लाका गुठी र घरजग्गा कब्जा गर्ने घोषणा

दमन राई/खोटाङ
कार्तिक-१४/नेकपा माओवादी मातृका यादव समुहले पुर्वका छ जिल्लाका गुठी र घरजग्गा कब्जा गर्ने घोषणा गरेको छ । माओवादीको खोटाङ भोजपुर ओखलढु¨ा सोलुखुम्बु सङ्खुवासभा र उदयपुरको संयुक्त जिल्ला बैठकले यस्तो घोषणा गरेको हो ।

माओवादीले विज्ञाप्तीमार्फत यी छ जिल्लामा रहेका राजगुठी परिवार गुठी निजी गुठी विवादित जग्गा जमिन र निजी प्रयोजनमा प्रयोग भइरहेको सार्वजनिक स्थललाई कब्जा गर्ने घोषणा गरेको हो । यस्तै नयाँ आन्दोलन र संघर्षका कार्यक्रम घोषणास्वरुप भ्रष्टचारी घुसखोरी र फटाहाको जग्गा कब्जा गर्ने घोषणा गरेको छ ।
संयुक्त जिल्ला समितिका संयोजक बाङदी र सचिव विनम्रले हस्ताक्षर गर्नु भएको विज्ञाप्तीमा भनिएको छ-लालपुर्जा भएको जग्गालाई बाँझो राख्न नपाईने र जसको जोत उसको पोत हुने लागु हुने छ ।
यस्तो जग्गा कब्जा गर्नुअघि जनताको राय लिइने नेकपा माओवादीका केन्द्रीय तदर्थ समिति सदस्य रत्नकुमार राई दर्शनले बताउनु भयो । यस विषयमा आज टेलिफोन सम्पर्कमा कुराकानी गर्दै सदस्य दर्शनले कब्जा र साचालन कसरी गर्ने भन्ने छानविन जनताकै सल्लाहा अुनशार हुने बताउनु भयो ।

घर खर्च जुटाउन कटुस टिप्न जंगलतिर

दमन राई/खोटाङ
कात्तिक १४/विभिन्न पेशा व्यावसाय गरेर घर खर्च चलाउने जिल्लाका नागरिकहरु अहिले कटुस टिप्नमा व्यस्त छन् । प्रसस्त कटुस पाईने जिल्लाको लेक क्षेत्रमा त्यस भेगका नागरिकहरु अहिले घरको अन्य काम छोडेर यो काममा लागेका हुन् ।
जंगलबाट टिपेर ल्याएको कटुस मानाको वीस रुपैयाँमा विक्री हुने गरेपछि आम्दानीको राम्रै श्रोत बन्ने भएकाले उनीहरु लाम लागेर कुटस टिप्न जाने गरेका छन् । उनीहरुले ल्याएको कटुस जिल्लाको स्थानीय बजारहरुमै विक्री हुने गरेका छन् ।
त्यसोत कटुस बेचेर आउने आम्दानीले जिल्लाका विद्यार्थीहरुलाई समेत अल्मल्याएका छन् । लेक क्षेत्रका विद्यार्थीहरु अभिभावक र शिक्षकको आखा छलेर विहान दश वजेदेखि दिउसो चार वजेसम्म विद्यालयको साटो जंगलमा हुने गरेका छन् ।
किताव कापी बोकेर विद्यालय जाने समयमा विद्यार्थीहरु लामवद्ध भएर जंगलतिर जाने गरेका छन् । खाजाको रुपमा प्रयोग गर्न विकि्र गरी पढाई खर्च जुटाउन र व्यक्तिगत खर्च जुटाउन भन्दै जंगल जाने गरेको डँडाखर्क माविका विद्यार्थी रमिला खड्काले बताउनु भयो । घरबाट अविभावकहरुले छोराछोरीहरुलाई घरको काम समेत गर्न नलगाई विद्यालय पठाउँछन् तर उनिहरु विद्यालयमा हाजिर गरेर जंगल तर्फ जाने गर्छन् ।
यता शिक्षकहरुलाई यसबारे थाहा भएपनि केही वास्ता नै नगर्ने विद्यार्थी रमेश खड्काले बताए । यस कार्यले उनीहरुको पढाईमा समेत प्रभाव पर्ने गरेका छन् ।

विद्युतीय पुस्ताकालय शुरु

दमन राई/खोटाङ
कात्तिक १३/खोटाङको दक्षिणी क्षेत्रस्थित सिम्पानी क्याम्पसमा जिल्लामा पहिलो पटक विद्युतीय पुस्तकालय इ-लाईब्रेरी शुरु भएको छ ।

शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको हेल्प नेपालले विद्यार्थीहरुमा कम्प्युटरको ज्ञान बढाउँदै शैक्षिक विकासका लागि विद्युतीय पुस्ताकालय शुरु गरिदिएको हो । जिल्लामा पहिलो पटक स्थापना भएको विद्युतीय पुस्ताकालयको शुक्रवार उद्घाटन भएको छ ।

पुस्तकालय स्थापनापछि क्याम्पस जिल्लाको पहिलो विद्युतीय पुस्ताकालयसहितको नमुना क्याम्पस भएको छ । 'एक जिल्ला एक पुस्तकालय' भन्ने नाराका साथ देशका १३ स्थानमा यस्तो पुस्ताकालय स्थापना गरिसकेको टेलीकम्यूनीकेशनका ईिाजनियर सुपील उदासले बताउनु भयो ।

हेल्प नेपालले क्याम्पसलाई ११ थान कम्प्युटर पनि दिएको छ । संस्थाले अति विकट पछि पारिएका जिल्लाहरुका विद्यालय स्वास्थ्य कार्यालयको भवन बनाईदिदै आएको हेल्प नेपालका नितेश पाण्डेले बताउनु भयो ।

विद्यार्थीहरुलाई औपचारीक शिक्षासंगै कम्प्युटरको ज्ञान दिनका लागि ई-लाईब्रेररीको स्थापना गरिएको हो । यस पुस्तकालयमा कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई सहयोग पुग्ने खालको शैक्षिक समाग्री समेटिएको हेल्प नेपालका कैलाश बुढाथोकीले बताउनु भयो ।

पुस्तकालयले शिक्षक विद्यार्थी र समुदायमा प्रभाव पर्ने बताईएको छ । यसको परिचालन गर्दै दिगो बनाउन सके समग्र देशलाईनै फाईदा हुने सर्वसाधारणहरुले बताएका छन् ।

Thursday, October 29, 2009

पोखरीमा डुबेको बालक अझै बेपत्ता

खोटाङको बराहपोखरीमा डुवेर साउनेचौर-१ का १३ वर्षीय बालक उत्तम खत्री बेपत्ता भएका छन् ।
हरिवोधनी एकादशसीको अवशरमा लागेको मेलामा आएका दर्शनार्थीले उडाएका परेवा पक्रनेक्रममा पोखरीमा डुबेर खत्री बेपत्ता भएको हो ।
हिजो रातको दश बजे डुबेर बेपत्ता बनेको खत्रीलाई अहिलेसम्म पोखरीबाट निकाल्न नसकिएको प्रहरीचौकी बराहपोखरीका प्रहरी सहायक निरिक्षक रामबहादुर राईले बताउनु भयो ।

Sunday, October 25, 2009

डेढ महिनादेखि गाविस सचिव उपस्थित नभएको भन्दै डेलिगेसन

दमन नाछिरिङ राई/खोटाङ
कात्र्तिक-९/डेढ महिनादेखि गाविस सचिव कार्यलयमा उपस्थित नभएको भन्दै खोटाङ अर्खौलेका नागरिक जिल्ला विकास समितिको कार्यलयमा डेलिगेसन गएका छन् ।
गाविस सचिव तोशलकुमार श्रेष्ठ कार्यलयमा नआएको भन्दै गाविसका नागरिक हिजो आईतवार डेलिगेसन गएको हो ।
गाविस कार्यलय नियामित खुल्नु पर्ने गाविसबाट पाउनु पर्ने सेव तथा सुविधा सहज ढंगले पाउनु पर्ने र गाविसमा भएको आर्थिक अनियमितता हटाई पेश्की फस्र्यौटकालागि पहल गर्नु पर्ने माग गर्दै उनीहरु डेलिगेसन गएका हुन् ।
आर्थिक आयव्याय अनुगमन समितिका अध्यक्षँ केशव श्रेष्ठ सचिव किशोर श्रेष्ठ र सल्लाहकार खेमराज राईलगायतको टोली डेलीगेसन आएको हो ।
डेलीगेसन टोलीलाई स्थानीय विकास अधिकारी बशन्तकुमार भण्डारीले समस्य समाधानकालागि पहल गर्ने प्रतिबद्धता व्याक्त गर्नु भयो ।
जिल्ला विकास समितिले गाविस सचिव तोषलकुमार श्रेष्ठलाई अनुपस्थित हुनाकोकारण देखाउन सात दिनॆ समयसीमासहितको पत्र पठाएको छ । तत्कालै जिल्ला विकास समितिले अर्खौले गाविसको दैनिक कामकाज गर्नकालागि धितुङको सचिव टिकाराम कटुवाललाई जिम्मा दिएको छ ।
कार्यलयमा गाविस सचिव उपस्थित नहुदा नागरिकता पासपोर्ट र बृद्ध-बृद्धा भत्ता लिनबाट सर्वसाधारण विाचत हुनु परेको आय-व्याय अनुगमन समितिका अध्यक्षँ केशव श्रेष्ठले बताउनु भयो ।
सचिवको अभावमा विद्युत मिटर लिनकालागि गाविसले दिनु पर्ने सिफारिस समेत प्रमाणित हुन नसकेको अनुगमन समितिका सचिव किशोर श्रेष्ठले बताउनु भयो ।
डेलिगेसन टोलीले जिल्ला प्रशासन कार्यलय जिल्लाका राजनितिक दल र साचार माध्यामलाई समेत वोधार्थ दिएको छ । प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले पनि डेलीगेसन टोलीलाई प्रशासनको तर्फबाट सहयोग गर्ने बचन दिनु भयो । सचिव श्रेष्ठ आफ्नो कार्यभार समेत कसैलाई नदिई दुई महिना यता कटारीमा बसीरहेको स्थानीयवासीको भनाइ छ । सचिव श्रेष्ठ कटारीमा म्यानपावर कम्पनी साचालन गरेर बसीरहेको श्रोतले जनाएको छ ।

रुपाकोट रेडियोका हालका गतिविधि


रुपाकोट सूचना तथा साचार सहकारी संस्थाद्वारा संचालित रुपाकोट रेडियोले आपुनै भवन निर्माण गर्दै छ । दिक्तेल मुढे स्थित स्थानीयबासीले निःशुल्क दिएको जग्गामा ५ कोठे एक तल्ले भवनको निर्मण कार्य अन्तिम चरणमा पुगेको छ । वीरबहादुर तामाङ साङमाया तामाङ धनबहादुर तामाङ र कर्णबहादुर तामाङले दिनुभएको ३ रोपनी जग्गामा बनिरहेको भवन निर्माणका लागि संसदीय विकास कोषअन्तर्गत ५ लाख अनुदान प्राप्त भएको छ । आ.व.०६५/६६ मा संविधानसभाका सभासद्हरु अर्जुनकुमार राईबाट रु.५० हजार उषाकला राईबाट रु.५० हजार रामकुमार राईबाट रु.१ लाख दुर्गाजयन्ती राईबाट रु.१ लाख र हरि रोकाबाट रु.१ लाख प्राप्त भएको हो । निर्माणधीन भवन पूरा भएपछि १ महिनाभित्र हात भाडामा रहेको स्थानबाट रेडियो स्टेसन सार्ने तयारी भइरहेको छ ।
यसैगरी दिक्तेल बजारमा रहेका सम्पर्क कार्यायलयको काम पनि सार्ने गरी तथा स्टुडियो निर्माण गर्नका लागि अर्को भवन निर्माण कार्यको अभियान सुरु भएको छ । यस भवनका लागि रेडियोका सल्लाहकार मनदुकुमार राईबाट आधा रोपनी जग्गा प्राप्त भइसकेको छ । भवन निर्मण कार्य यही आर्थिक वर्षमा सम्पन्न गर्ने गरी समुदायबाट सहयोग संकलन कार्य थालिएको छ । समुदायद्वारा संचालित रेडियो भएको हुनाले समुदायको सहयोगमा यो भवन निर्माण हुँदैछ । भवन निर्माणका लागि रु।१ हजार वा सोभन्दामाथि रकम सहयोग गर्ने व्यक्ति वा संस्थाको नाम ताम्रपत्रमा लेख्ने र रु।५ सय भन्दा माथि रु।९९९ सहयोग दिनेको नाम माउन्ट प्रेुमिङ गरेर भवनमा राख्ने र सहयोग दिनेको नाम र रकम रेडियोबाट तीन पटकसम्म प्रसारण गरिने भएको छ । यो सहयोग संकलनको कार्य अगाडि बढाउन संचालक समितिका अध्यक्ष बागधन राईको संयोजकतवमा भवन निर्माण सहयोग संकलन मूल समिति गठन भएको छ र डा।विष्णु राईको संयोजकत्वमा काठमाडौंमा पनि सहयोग संकलन समिति गठन भएको छ । यसरी समुदायको सहयोगले नै अर्को भवन निर्माण गर्ने कार्य रुप्ाकोट रेडियोको हालको पहिलो काम बनेको छ ।
भवन निर्माण कार्यको साथै विषयगत र भाषागत कार्यक्रम अनुगमन तथा प्रवद्र्धन समितिहरुको गठन जनशक्ति विकासका लागि तालिमहरु भई रहेका छन् । सामुदायिक रेडियो प्रसारक संघले काठमाडौंमा उत्पादन गरेको साझा खबर रुपाकोट रेडियोले भदौ ३ गतेबाट प्रसारण गरिरहेको छ । देशभरिका २२ वटा रेडियोहरुसँग समाचार उत्पादन तथा बजार प्रवद्र्धनका लागिसंलग्न रहेको छ । सामुदायिक रेडियो सहयोग केन्द्र÷नेवापससँग सहकार्य गरी सामुदायिक रेडयोका मापनका आधारहरु बनाउन रुपाकोट रेडियोको सकि्रय रुपमा सहभागी भएको छ र सामुदायिक रेडियो सहयोग केन्द्रको सहकार्यमा रेडियोका रणनीति योजना तथा नीति निर्माण गर्ने काममा पनि जुटेको छ ।
यसरी रुपाकोट रेडियो भौतिक र नीतिगत रुपमा आपुनै खुट्टामा उभिनका लागि सकि्रया रहेको छ ।


-रुपाकोट रेडियोको मासिक मुखपत्रको पहलो अंकबाट

Sunday, August 9, 2009

पुग्नु ता

शब्द : नाकिमा
संगीत : सन्तोष दुमि
स्वर : भीमसेना राई/सन्तोष दुमी
उत्पादन : रुपाकोट रेडियो १०५ मेगाहर्ज

घामले आँखा खोलिसक्यो
पाखा-पर्वत चुमिसक्यो
उठ ए मान्छेहरु
पुग्नु टाढा छ ।

पीठो-गुन्द्रुक उमालेर
टार्नु कति छाकहरु
पटुकीले पेट कसेर
काट्नु कति रातहरु
जून घुम्न आऊ भन्छ सपनीमा जूनवासी
घामले आँखा खोलिसक्यो
घरको संघार टेकिसक्यो
उठ ए युवाहरु
पुग्नु टाढा छ ।

कुचीतिर अघि बढाऊ
कुचो लाउने हातहरु
कलमले कहानी फेर
जाँगरीला जमातहरु
अनि पो त पुग्छौं हामी चन्द्रमाको हाट हेर्न
घामले पाइला चालिसक्यो
नयाँ यात्रा थालिसक्यो
उठ ए यात्रीहरु
पुग्नु टाढा छ ।

Sunday, August 2, 2009

रुपाकोट रेडियो

मिर्मिरे प्रभाससँगै
सन्ध्याको आभाससँगै
जागृतिका धुनहरु
समताका स्वरहरु
१०५ मा गुन्जियो
रुपाकोट रेडियो