Showing posts with label समाचार. Show all posts
Showing posts with label समाचार. Show all posts

Thursday, November 12, 2009

संबिधान निर्माणको लागि दवावमुलक कार्यक्रम गर्न आग्रह

दमन राई/खोटाङ
कार्तिक-२५/प्रेस चौतारी खोटाङले निर्धारित समयमा संबिधान निर्माणकोलागि दवावमुलक कार्यक्रम गर्न सवैलाई आग्रह गरेकेा छ । दलहरुविच वढदै गएको राजनितिक असहमतीले तोकिएको समयमा संविद्यान नबन्ने पक्का भएको ठहर गर्दै दवावमुलक कार्यक्रम गर्न आग्रह गरेको हो ।
चौतारीको आज भएको भेलापछि एक अपिलमार्फत जिल्ल्ााका राजनितिक दल नागरिक समाज बुद्धिजिवी शिक्षक विद्यँर्थी किसान व्यवसायी पेशाकर्मी अधिकारकर्मी कलाकर्मी पत्रकारलगायतलाई यस्तो आग्रह गरेको हो ।
समयमा संविधान नभए संविधान निर्माणको चाँबी हातमा लिएका दलहरु र स्वयं हामी नै त्यसको दोषको भागीदार हुने समेत चौतारीले जनाएको छ ।

Monday, November 9, 2009

माओवादीद्धारा किरात गणराज्य घोषणा

दमन राई/खोटाङ
कार्तिक-२३/एकीकृत नेकपा माओवादी किरात राज्यa समितिले आज किरात गणराज्य घोषणा गरेको छ ।
राष्ट्रपतिको कदम सच्चिनुपर्ने माग गर्दै आन्दोलन गरिरहेको माओवादी केन्द्रीय कमिटीले स्वायत्त राज्य घोषणाको कार्यक्रम फिर्ता लिएपनि किरात राज्य समितिले भने किरात गणराज्य घोषणा गरेको छ ।
माओवादीले पुर्वका खोटाङ उदयपुर ओखलढुङगा सोलुखुम्वु भोजपुर र संखुवासभा जिल्ल्ाालाई समेटेर किरात गणराज्य घोषणा गरेको हो ।
एकीकृत नेकपा माओवादी पोलिटव्यूरो सदस्य गोपाल किरातीले गणराज्य घोषणा गर्नु हुदै हाललाई किरात गणराज्य सांकेतिक अर्थात पदाधिकारी विहिनको हुने बताउनु भयो । उहाँले छलफलपछि किरात राज्यको पदाधिकारी चयन गर्ने जानकारी दिनु भयो ।
किरात राज्य समिति अन्तर्गत पुर्वका ६ जिल्लाका प्रतिनीधि सहभागी घोषणासभामा पोलिट व्युरो सदस्य किरातीले किरात राज्यभित्र सवै जातजाती र भाषभाषीको समान अस्तित्व रहने बताउनु भयो ।
सदस्य किरातीले अव किरात गणराज्यभित्रका सवै स्थानीय भाषा भाषीले राष्ट्रियता प्राप्तीको अवशर पाउने बताउनु भयो ।
उहाँले किरात गणराज्यलाई आर्थिक सास्कृतिक दृष्टिले मजवुत बनाउन सल्लाहको अपेक्षा गर्दै किरात राज्यभित्र विस्तारवाद सामन्तवाद र दलालको स्थान नहुने बताउनु भयो ।
केन्द्रिय स्तरमा नै गाणराज्य घोषणा गर्ने कार्यक्रमलाई स्थगित गरेपनि आफ्ना अध्यक्षँ प्रचण्डसंग स्वीकृति लिएर मात्रै घोषणा गरिएको नेता किरातीको भनाईछ ।

Saturday, November 7, 2009

आगलागीमा घर नष्ट

दमन राई/खोटाङ
कार्तिक-२०/खोटाङ अर्खौले-१ फेदीका शारदा पुरीको आगलागी हुँदा घर जलेर नष्ट भएको छ । आगलागीमा परी पुरीको ७० हजार रुपैंयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीमा पुरीको सात मुरी अन्न दश लाल सुन लत्ता-कपडा नष्ट जलेर नष्ट भएकॊ छ ।
आगलागीबाट घर जलेपछि पुरी परिवार आफ्नो बुबाको घरमा बसिरहेका जनसेवा समाज नेपाल जालपाका अर्खौलेस्थित उत्प्रेरक नीलप्रसाद राईले जानकारी दिनु भयो । केटाकेटीले जथाभावी आगो खेलाउँदा आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

Wednesday, November 4, 2009

ढुङगाले किचेर खोटाङमा एक महिलाको ज्यान गयो

दमन राई/खोटाङ
कार्तिक-१९/माछा मार्नेक्रममा ढुङगाले किचेर खोटाङमा एक महिलाको ज्यान गएको छ । मेवा खोलामा माछा मार्न दुवाली फर्काउनेक्रममा पल्टिएको ढुङगाले किचेर दोर्पा-२ रुवाबुककी ३८ वर्षीय धनकुमारी राईको हिजो ज्यान गएको जिल्ला प्रहरी कार्यलय खोटाङले जनाएको छ । मृतक राईको तीन छोरा र छोरी छन् ।

Saturday, October 31, 2009

डुवेर बेपत्ता वनेका वालक फेला

दमन राई/खोटाङ
कार्तिक-१४/खोटाङको बराहपोखरीमा डुवेर बेपत्ता भएका साउनेचौर-१ का १३ वर्षीय बालक उत्तम खत्री दुई दिनपछि मृत भेटिएका छन् ।
गत कात्र्तिक ११ गते रातको दश बजे पोखरीमा डुबेर बेपत्ता बनेको खत्रीको शव आज विहान आफै उत्रेको प्रहरीचौकी बराहपोखरीका प्रहरी सहायक निरिक्षक रामबहादुर राईले जानकारी दिनु भयो ।
हरिवोधनी एकादशसीको अवशरमा लागेको मेलामा आएका दर्शनार्थीले उडाएका परेवा पक्रनेक्रममा खत्री डुबेर बेपत्ता भएका थिए ।

मातेर लड्दा युवाको मृत्यु

दमन राई/खोटाङ
कार्तिक-१४/मादक पदार्थले मातेका खोटाङको छितापोखरी-८ गोगनेका गौरव राईको लडेर ज्यान गएको छ ।
अधिक रक्सी पिएका २४ वर्षीय राईको हिजो वेलुका सदरमुकाम दिक्तेल नजिकैको हाटडाँडामा लडेर ज्यान गएको हो ।
विएड दोश्रँे वर्षको परिक्षा दिन आएका राई दिक्तेल वाजरबाट कोठातर्फ जाने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय खोटाङले जनाएको छ ।
राईसंगै हिडेका दिक्तेल-१ का ह्िर बुढाथोकी छितापोखरीका अटल राईलाई अनुसन्धानकालागिे प्रहरीले नियन्त्रणमा लिएको छ ।

माओवादी मातृका यादव समुहद्धारा पुर्वका छ जिल्लाका गुठी र घरजग्गा कब्जा गर्ने घोषणा

दमन राई/खोटाङ
कार्तिक-१४/नेकपा माओवादी मातृका यादव समुहले पुर्वका छ जिल्लाका गुठी र घरजग्गा कब्जा गर्ने घोषणा गरेको छ । माओवादीको खोटाङ भोजपुर ओखलढु¨ा सोलुखुम्बु सङ्खुवासभा र उदयपुरको संयुक्त जिल्ला बैठकले यस्तो घोषणा गरेको हो ।

माओवादीले विज्ञाप्तीमार्फत यी छ जिल्लामा रहेका राजगुठी परिवार गुठी निजी गुठी विवादित जग्गा जमिन र निजी प्रयोजनमा प्रयोग भइरहेको सार्वजनिक स्थललाई कब्जा गर्ने घोषणा गरेको हो । यस्तै नयाँ आन्दोलन र संघर्षका कार्यक्रम घोषणास्वरुप भ्रष्टचारी घुसखोरी र फटाहाको जग्गा कब्जा गर्ने घोषणा गरेको छ ।
संयुक्त जिल्ला समितिका संयोजक बाङदी र सचिव विनम्रले हस्ताक्षर गर्नु भएको विज्ञाप्तीमा भनिएको छ-लालपुर्जा भएको जग्गालाई बाँझो राख्न नपाईने र जसको जोत उसको पोत हुने लागु हुने छ ।
यस्तो जग्गा कब्जा गर्नुअघि जनताको राय लिइने नेकपा माओवादीका केन्द्रीय तदर्थ समिति सदस्य रत्नकुमार राई दर्शनले बताउनु भयो । यस विषयमा आज टेलिफोन सम्पर्कमा कुराकानी गर्दै सदस्य दर्शनले कब्जा र साचालन कसरी गर्ने भन्ने छानविन जनताकै सल्लाहा अुनशार हुने बताउनु भयो ।

घर खर्च जुटाउन कटुस टिप्न जंगलतिर

दमन राई/खोटाङ
कात्तिक १४/विभिन्न पेशा व्यावसाय गरेर घर खर्च चलाउने जिल्लाका नागरिकहरु अहिले कटुस टिप्नमा व्यस्त छन् । प्रसस्त कटुस पाईने जिल्लाको लेक क्षेत्रमा त्यस भेगका नागरिकहरु अहिले घरको अन्य काम छोडेर यो काममा लागेका हुन् ।
जंगलबाट टिपेर ल्याएको कटुस मानाको वीस रुपैयाँमा विक्री हुने गरेपछि आम्दानीको राम्रै श्रोत बन्ने भएकाले उनीहरु लाम लागेर कुटस टिप्न जाने गरेका छन् । उनीहरुले ल्याएको कटुस जिल्लाको स्थानीय बजारहरुमै विक्री हुने गरेका छन् ।
त्यसोत कटुस बेचेर आउने आम्दानीले जिल्लाका विद्यार्थीहरुलाई समेत अल्मल्याएका छन् । लेक क्षेत्रका विद्यार्थीहरु अभिभावक र शिक्षकको आखा छलेर विहान दश वजेदेखि दिउसो चार वजेसम्म विद्यालयको साटो जंगलमा हुने गरेका छन् ।
किताव कापी बोकेर विद्यालय जाने समयमा विद्यार्थीहरु लामवद्ध भएर जंगलतिर जाने गरेका छन् । खाजाको रुपमा प्रयोग गर्न विकि्र गरी पढाई खर्च जुटाउन र व्यक्तिगत खर्च जुटाउन भन्दै जंगल जाने गरेको डँडाखर्क माविका विद्यार्थी रमिला खड्काले बताउनु भयो । घरबाट अविभावकहरुले छोराछोरीहरुलाई घरको काम समेत गर्न नलगाई विद्यालय पठाउँछन् तर उनिहरु विद्यालयमा हाजिर गरेर जंगल तर्फ जाने गर्छन् ।
यता शिक्षकहरुलाई यसबारे थाहा भएपनि केही वास्ता नै नगर्ने विद्यार्थी रमेश खड्काले बताए । यस कार्यले उनीहरुको पढाईमा समेत प्रभाव पर्ने गरेका छन् ।

विद्युतीय पुस्ताकालय शुरु

दमन राई/खोटाङ
कात्तिक १३/खोटाङको दक्षिणी क्षेत्रस्थित सिम्पानी क्याम्पसमा जिल्लामा पहिलो पटक विद्युतीय पुस्तकालय इ-लाईब्रेरी शुरु भएको छ ।

शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको हेल्प नेपालले विद्यार्थीहरुमा कम्प्युटरको ज्ञान बढाउँदै शैक्षिक विकासका लागि विद्युतीय पुस्ताकालय शुरु गरिदिएको हो । जिल्लामा पहिलो पटक स्थापना भएको विद्युतीय पुस्ताकालयको शुक्रवार उद्घाटन भएको छ ।

पुस्तकालय स्थापनापछि क्याम्पस जिल्लाको पहिलो विद्युतीय पुस्ताकालयसहितको नमुना क्याम्पस भएको छ । 'एक जिल्ला एक पुस्तकालय' भन्ने नाराका साथ देशका १३ स्थानमा यस्तो पुस्ताकालय स्थापना गरिसकेको टेलीकम्यूनीकेशनका ईिाजनियर सुपील उदासले बताउनु भयो ।

हेल्प नेपालले क्याम्पसलाई ११ थान कम्प्युटर पनि दिएको छ । संस्थाले अति विकट पछि पारिएका जिल्लाहरुका विद्यालय स्वास्थ्य कार्यालयको भवन बनाईदिदै आएको हेल्प नेपालका नितेश पाण्डेले बताउनु भयो ।

विद्यार्थीहरुलाई औपचारीक शिक्षासंगै कम्प्युटरको ज्ञान दिनका लागि ई-लाईब्रेररीको स्थापना गरिएको हो । यस पुस्तकालयमा कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई सहयोग पुग्ने खालको शैक्षिक समाग्री समेटिएको हेल्प नेपालका कैलाश बुढाथोकीले बताउनु भयो ।

पुस्तकालयले शिक्षक विद्यार्थी र समुदायमा प्रभाव पर्ने बताईएको छ । यसको परिचालन गर्दै दिगो बनाउन सके समग्र देशलाईनै फाईदा हुने सर्वसाधारणहरुले बताएका छन् ।

Thursday, October 29, 2009

पोखरीमा डुबेको बालक अझै बेपत्ता

खोटाङको बराहपोखरीमा डुवेर साउनेचौर-१ का १३ वर्षीय बालक उत्तम खत्री बेपत्ता भएका छन् ।
हरिवोधनी एकादशसीको अवशरमा लागेको मेलामा आएका दर्शनार्थीले उडाएका परेवा पक्रनेक्रममा पोखरीमा डुबेर खत्री बेपत्ता भएको हो ।
हिजो रातको दश बजे डुबेर बेपत्ता बनेको खत्रीलाई अहिलेसम्म पोखरीबाट निकाल्न नसकिएको प्रहरीचौकी बराहपोखरीका प्रहरी सहायक निरिक्षक रामबहादुर राईले बताउनु भयो ।

Sunday, October 25, 2009

डेढ महिनादेखि गाविस सचिव उपस्थित नभएको भन्दै डेलिगेसन

दमन नाछिरिङ राई/खोटाङ
कात्र्तिक-९/डेढ महिनादेखि गाविस सचिव कार्यलयमा उपस्थित नभएको भन्दै खोटाङ अर्खौलेका नागरिक जिल्ला विकास समितिको कार्यलयमा डेलिगेसन गएका छन् ।
गाविस सचिव तोशलकुमार श्रेष्ठ कार्यलयमा नआएको भन्दै गाविसका नागरिक हिजो आईतवार डेलिगेसन गएको हो ।
गाविस कार्यलय नियामित खुल्नु पर्ने गाविसबाट पाउनु पर्ने सेव तथा सुविधा सहज ढंगले पाउनु पर्ने र गाविसमा भएको आर्थिक अनियमितता हटाई पेश्की फस्र्यौटकालागि पहल गर्नु पर्ने माग गर्दै उनीहरु डेलिगेसन गएका हुन् ।
आर्थिक आयव्याय अनुगमन समितिका अध्यक्षँ केशव श्रेष्ठ सचिव किशोर श्रेष्ठ र सल्लाहकार खेमराज राईलगायतको टोली डेलीगेसन आएको हो ।
डेलीगेसन टोलीलाई स्थानीय विकास अधिकारी बशन्तकुमार भण्डारीले समस्य समाधानकालागि पहल गर्ने प्रतिबद्धता व्याक्त गर्नु भयो ।
जिल्ला विकास समितिले गाविस सचिव तोषलकुमार श्रेष्ठलाई अनुपस्थित हुनाकोकारण देखाउन सात दिनॆ समयसीमासहितको पत्र पठाएको छ । तत्कालै जिल्ला विकास समितिले अर्खौले गाविसको दैनिक कामकाज गर्नकालागि धितुङको सचिव टिकाराम कटुवाललाई जिम्मा दिएको छ ।
कार्यलयमा गाविस सचिव उपस्थित नहुदा नागरिकता पासपोर्ट र बृद्ध-बृद्धा भत्ता लिनबाट सर्वसाधारण विाचत हुनु परेको आय-व्याय अनुगमन समितिका अध्यक्षँ केशव श्रेष्ठले बताउनु भयो ।
सचिवको अभावमा विद्युत मिटर लिनकालागि गाविसले दिनु पर्ने सिफारिस समेत प्रमाणित हुन नसकेको अनुगमन समितिका सचिव किशोर श्रेष्ठले बताउनु भयो ।
डेलिगेसन टोलीले जिल्ला प्रशासन कार्यलय जिल्लाका राजनितिक दल र साचार माध्यामलाई समेत वोधार्थ दिएको छ । प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले पनि डेलीगेसन टोलीलाई प्रशासनको तर्फबाट सहयोग गर्ने बचन दिनु भयो । सचिव श्रेष्ठ आफ्नो कार्यभार समेत कसैलाई नदिई दुई महिना यता कटारीमा बसीरहेको स्थानीयवासीको भनाइ छ । सचिव श्रेष्ठ कटारीमा म्यानपावर कम्पनी साचालन गरेर बसीरहेको श्रोतले जनाएको छ ।